मुकुन्दनाथ योगी

मुकुन्दनाथ योगी


नि. निर्देशक

9858060134

mukundayogi@gmail.com
राम बहादुर सारू

राम बहादुर सारू


सूचना अधिकारी

9858060137

ramsaru@gmail.com

परिचय

जिल्लाको हकमा, सुर्खेत जिल्ला भित्री मधेशको एक जिल्ला हो । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्ला, सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर हो । वीरेन्द्रनगर नगरपालिका सदरमुकामको रुपमा स्थापना वि.स. २०३३ सालमा भएको हो। समुद्री सतहदेखि लगभग ६६५ मी. उचाईमा अवस्थित उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानाङ्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका सुन्दर पहाडले घेरिएको कचौरा आकारमा यो जिल्ला रहेको छ । बाह्र बण्डाल अठार खण्डालको नामले परिचित यो सुर्खेत जिल्ला वि.सं. २०१६ साल अघि दैलेख जिल्ला अन्तर्गत रहेको थियो । मिति २०७३ फागुन ९ गतेको नेपाल सरकारको निर्णयानुसार स्थानीय तह पुनर्संरचनामा ४ वटा गाँउपालिका र ५ वटा नगरपालिकाहरूमा बाँडिएको (कुल वडा ९९) छ । यस जिल्लाको पूर्वमा भेरी र पश्चिममा कर्णाली नदी पर्दछन् । यो जिल्लाको उत्तरपूर्वमा महाभारत श्रृङ्खला र दक्षिण पश्चिममा चुरे पर्वत पर्दछन् । कही बेसी, कही पहाडी क्षेत्र रहेको यसको पूर्ब सिम्तादेखि पश्चिम चौकुनेसम्म लम्बिएको यसको भु-वनोट झट्ट हेर्दा लगभग इट्टा आकारको छ। यस जिल्लाको पुरानो नाम दोभानचौर हो । समुन्द्र सतहबाट १९८ मी.देखि २३६७ मी. सम्मको उचाईमा रहेको छ । यस जिल्लाको पुर्वमा सल्यान र जाजरकोट, पश्चिममा कैलाली, डोटी र अछाम, उत्तरमा दैलेख, दक्षिणमा बाँके र बर्दिया जिल्लाहरू पर्दछन । यस जिल्लालाई प्रतिनिधि सभा सदस्यका लागि २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४ वटा क्षेत्रमा विभाजन गरिएको छ । निर्देशनालयको हकमा, वि.स. १९९६ मा घरेलु इलम प्रचार अड्को नाममा स्थापित भै तालिमको माध्ययमबाट रोजगारीको अवसर श्रृजना गर्न खडा भएको यो संस्थाले विभिन्न कालखण्डमा देशको संरचना र विकासको गतिसंग रोजगारीका अवसर जन्माउने कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। मुलभुत रुपमा इलम तालिमको कार्यक्रमलाई प्रमुख उद्देश्यको रुपमा लिएको यो अड्डा क्षेत्रगत तथा जिल्लागत संरचनामा विभाजन हुने क्रममा घरेलु उद्योगको प्रशासन समेत हेर्ने गरी वि.सं. २०४९ सालमा विस्तार भएको हो । खास गरेर तालिम कार्यक्रममा दोहोरोपना हटाउन तथा स्वरोजगार तालिमको विशेषज्ञता प्रदान गरी मितव्ययिता अपनाउन ७५ जिल्ला मध्ये २७ जिल्लामा घरेलु तथा साना उद्योग विभाग अन्तर्गतका कार्यालय र बाँकी ४८ जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति अन्तर्गतको कार्यालयहरूमा विभाजन गरी सो समयदेखि घरेलु तथा साना उद्योगको प्रशासन समेतको जिम्मेवारी अख्तियार गरिएको थियो। देश संघात्मक व्यवस्थामा गएपश्चात सार्वजनिक सेवा प्रवाह गर्ने संरचना समेतको तहगत बाडफाँड हुने क्रममा प्रदेश सरकारको कार्यक्षेत्र भित्र समाहित भएको उद्योग, वाणिज्य तथा उपभोक्ता हितको कार्यभार सम्हाली रहेको साविक घरेलु तथा साना उद्योग विकास समिति र विभागतर्फका कार्यालयहरू कर्णाली प्रदेश सरकारको मिति २०७६ साल भाद्र ६ को निर्णयले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय तथा निर्देशनालयमा रुपान्तरित भएको हो । कर्णाली प्रदेशको स्थापनासंगै कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत रहनेगरी स्थापना भएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन र विकासको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने/गराउने, प्रचलित सङ्घीय एवम् प्रदेश कानून बमोजिम उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण सम्बन्धी कार्य गर्ने/गराउने, साविक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, सुर्खेतबाट उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षणका सम्बन्धमा सम्पादन गर्दै आइरहेका प्रचलित कानुन बमोजिम काम कारवाहीहरू गर्ने/गराउने, उद्यमी सृजना गर्न आवश्यक पर्ने उद्यमशीलता विकास तथा सिप विकास तालिम आदि सञ्चालन गर्ने/गराउने, जिल्लास्थित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयहरूको प्रशासनिक विषयहरूमा नियमित अनुगमन/निरीक्षण गर्ने साथै प्रदेशस्थित सबै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयहरुसँगको समन्वयमा नीति, कार्यक्रम तथा बजेट तर्जुमा जस्ता कार्यहरुमा भुमिकाको लागि यस निर्देशनालयको स्थापना भएको हो ।

प्रकाशनहरु