मुकुन्दनाथ योगी

मुकुन्दनाथ योगी


नि. निर्देशक

९८५८०६०१३४

mukundayogi@gmail.com
ध्रुर्व कुमार बाठाँ मगर

ध्रुर्व कुमार बाठाँ मगर


सूचना अधिकारी

9858060137

परिचय

जिल्लाको हकमा, सुर्खेत जिल्ला भित्री मधेशको एक जिल्ला हो । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्ला, सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर हो । वीरेन्द्रनगर नगरपालिका सदरमुकामको रुपमा स्थापना वि.स. २०३३ सालमा भएको हो। समुद्री सतहदेखि लगभग ६६५ मी. उचाईमा अवस्थित उत्तरमा महाभारत पर्वतको रानीमत्ता, रातानाङ्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका सुन्दर पहाडले घेरिएको रहेको छ । बाह्र बण्डाल अठार खण्डालको नामले परिचित यो सुर्खेत जिल्ला वि.सं. २०१६ साल अघि दैलेख जिल्ला अन्तर्गत रहेको थियो । मिति २०७३ फागुन ९ गतेको नेपाल सरकारको निर्णयानुसार स्थानीय तह पुनर्संरचनामा ४ वटा गाँउपालिका र ५ वटा नगरपालिकाहरूमा बाँडिएको (कुल वडा ९९) छ । यस जिल्लाको पूर्वमा भेरी र पश्चिममा कर्णाली नदी पर्दछन् । यो जिल्लाको उत्तरपूर्वमा महाभारत श्रृङ्खला र दक्षिण पश्चिममा चुरे पर्वत पर्दछन् । कही बेसी, कही पहाडी क्षेत्र रहेको यसको पूर्ब सिम्तादेखि पश्चिम चौकुनेसम्म लम्बिएको यसको भु-वनोट झट्ट हेर्दा लगभग इट्टा आकारको छ। यस जिल्लाको पुरानो नाम दोभानचौर हो । समुन्द्र सतहबाट १९८ मी.देखि २३६७ मी. सम्मको उचाईमा रहेको छ । यस जिल्लाको पुर्वमा सल्यान र जाजरकोट, पश्चिममा कैलाली, डोटी र अछाम, उत्तरमा दैलेख, दक्षिणमा बाँके र बर्दिया जिल्लाहरू पर्दछन । यस जिल्लालाई प्रतिनिधि सभा सदस्यका लागि २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४ वटा क्षेत्रमा विभाजन गरिएको छ ।